कांग्रेस बैठक : बालकृष्ण खाँणलाई दोषी करार गर्न नहुने नेताहरुको धारणा

डिसी नेपाल
५ साउन २०८० १९:००
112
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीका कुनै सदस्यहरुलाई अभियोग लाग्दैमा दोषी करार गर्न नहुने धारणा राखेका छन् ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनीहरुले अदालतले ठहर नगरेसम्म दोषी हुन नसक्ने भन्दै अभियोगकै कारण दोषी करार गर्न नहुने बताएका हुन् । बैठकमा कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पार्टीका नेता बालकृष्ण खाँणलाई पुर्पक्षमा राखेको अवस्थामा दोषी भन्न नमिल्ने बताए । कांग्रेस परिवारका सदस्य जेलमा भएको अवस्थामा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले परिवारका सदस्यलाई अभियोग लाग्दा पार्टीकै व्यक्तिहरु छिटो पक्रिनु भनेर डेलिगेसन गरेको भन्दै आपत्ती जनाए । अदालत नभई पार्टीले नै दोषी करार गर्ने हो भने वकिल राखेर बहस पनि गर्न नहुने उनको भनाइ छ ।

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीलाई विधानअनुसार अगाडी बढाए कांग्रेसले आगामी दिनमा आउने चुनौती सामना गर्न सक्ने धारणा राखे । चुनावमा जाँदा बनाएको घोषणापत्रअनुसार काम नभएकोतर्फ पनि सिंहले ध्यानाकर्षण गराउदै उनले पार्टीबाट बनेका जनप्रतिनिधि र पार्टी संरचनाबीचको समन्वयमा पनि जोड दिए ।

केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेकाले केन्द्रीय समितिको अर्को बैठक आइतबार ११ बजे बस्ने कांग्रेस सभापति शेर बहादुर देउवाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.