गृहमन्त्री श्रेष्ठ बिरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रँदै, बस्नेत साइबर ब्युरो नजाने

डिसी नेपाल
६ साउन २०८० ९:५२
7.3k
Shares

काठमाडौं। उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ बिरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रन लागेका छन्।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई ‘साइबर क्राइम’को मुद्दामा फसाउन लागेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रन लागेका हुन्।

पत्रकार बस्नेत माथि गृहमन्त्री श्रेष्ठका सचिवालय सदस्य कमल गिरीले प्रहरीमा उजुरी गरेपछि अहिले चौतर्फी बिरोध भइरहेको छ। नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, समाजबादी प्रेस संगठन प्रेस चौतारी नेपालसहित देशैभरीका जिल्ला शाखाहरुले प्रेस बिज्ञप्ति निकालेर बस्नेतमाथि मुद्दा चलाउने गृहमन्त्री श्रेष्ठको सचिवालयका प्रयास ‘प्रेस स्वतन्त्रता बिरोधी’ हर्कत भन्दै बिरोध जनाएका छन्।

गृह मन्त्रालयको सचिवालयले हालेको उजुरी पछि साइबर ब्युरोबाट फोन आएपछि त्यसलाई अस्वीकार गर्ने प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले बताएका छन्।

‘हाम्रो संगठन प्रेस चौतारी नेपालका आदरणीय अध्यक्ष गणेश बस्नेतलाई केहीबेर अघि साइबर ब्युरोबाट फोन आएको छ। उहाँलाई साइबर ब्युरोमा उपस्थित हुन भनिएको छ तर गणेश बस्नेत कुनै ब्युरोमा जानुहुन्न र भागेर पनि कहीं जानुहुन्न, पाण्डेले भनेका छन्, ‘उहाँसहित हामी ७७ जिल्लाका ७ हजार प्रेस चौतारीका सदस्य गिरफ्तारी दिन तयार छौं। सरकारले हामीलाई गिरफ्तार गरोस्। हामी हाँसीहाँसी जेल जान तयार छौं।’

उनले अगाडि भनेका छन्, ‘याद रहोस्, आफ्नै सरकारले ल्याएको सञ्चार विधेयकविरुद्ध सडकमा जाने प्रेस चौतारी र यसको नेतृत्व गणेश बस्नेत हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.