सुन तस्करीमा भन्सारमा खटिने कर्मचारी नै मुख्य दोषी हुन्ः वामदेव गौतम

डिसी नेपाल
६ साउन २०८० १६:३८
496
Shares

काठमाडौं। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका छन्।

रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा गौतमले सुन तस्करीमा सिधै राजनीतिक संलग्नता जोडिने भन्दा पनि भन्सारमा खटिने कर्मचारी नै मुख्य रुपमा दोषी हुने समेत बताए।

गौतमले आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको पनि दाबी गर्दै उनले सो समयमा आफुलाई सरकारबाट कसरी हटाउने भन्नेबारे आवाज उठाइएको जिकिर गरे। आफु गृहमन्त्री भएका बेला शान्ति सुरक्षा थप बलिाये भएको र आफुले गरेका कामलाई सवैले प्रसंसा गरेको दावी गरे।

सुन तस्करीको सवालमा अहिले यो सुन कुन देशबाट आयो भन्ने पनि महत्वपूर्ण विषय भएको र तस्करहरुले कस्तो जालो फैलाएका रहेछन भन्ने स्पष्ट भएको उनले बताए। फरक प्रसंगमा उनले समाजवादी मोर्चाको औचित्य पुष्टि हुन नसकेको बताए।

उनले आफुलाई मोर्चामा सहभागी गराएको भए संविधानमा उल्लेख समाजवादलाई औचित्य पुष्टि गर्ने भएपनि आफुलाई नबोलाएको तर्क गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.