जन्डिस किन हुन्छ, जान्नुहोस् लक्षण र बच्ने उपाय
काठमाडौं। जन्डिस एक अवस्था हो । जब रगतको प्रवाहमा बिलिरुबिनको अधिक मात्रामा परिक्रमा गर्ने सबकुटेनियस फ्याट (छाला मुनिको बोसोको तह) मा घुल्छ, जसको कारण छाला र आँखाको सेतो भाग पहेँलो हुन्छ।
जन्डिस भनेको नै कलेजोको रोग हो। यसबाट कलेजो बिग्रन्छ। कलेजोका विभिन्न रोगमा जन्डिस देखा पर्छ तर यो होइन कि कलेजोको रोगमा मात्र जन्डिस हुन्छ । रगतमा संक्रमण फैलिएर हुने रोग सेप्टि सेमिया, मलेरिया प्यान्क्रियाजको क्यान्सर आदि रोगमा पनि जन्डिस हुन्छ ।
यी रोगमा जन्डिस देखिए पनि कलेजोमा केही पनि समस्या हुँदैन । मुटुको कुनै–कुनै रोगमा बिलि रुबिनको मात्रा बढेर ४० पनि पुग्न सक्छ, जन्डिस देखिन सक्छ ।
जन्डिस हुँदा छाला पहेँलो र आँखा सेतो हुन्छ । नवजात शिशुहरू अक्सर जन्डिसको सिकार हुन्छन्। यस्तो अवस्थामा बालबालिकाको विशेष ख्याल राख्नुपर्छ ।
यदि शरीर पहेंलो भएको छ भने यो जन्डिसको लक्षण हुन सक्छ। जन्डिसलाई जण्डिस पनि भनिन्छ । यद्यपि, बच्चाहरूमा जन्डिस भएमा चिन्ता लिनु पर्दैन। तर, वृद्धवृद्धा यो रोगको सिकार भए भने समस्या बढ्छ । निको हुन पनि लामो समय लाग्छ ।
जन्डिस किन हुन्छ ?
रगतमा बिलिरुबिनको मात्रा तीनभन्दा बढी भएमा आँखा पहेँलो अर्थात् जन्डिस देखा पर्छ । बिलिरुबिन भनिने रासायान जब शरीरमा रातो रक्त कोशिकाहरू एक निश्चित अन्तरालमा, अर्थात् १२० दिनमा टुक्रिन्छ तब बनिन्छ। यो पदार्थ पहिले कलेजोमा जान्छ र त्यसपछि बिस्तारै मल र पिसाब संग शरीर छोड्छ। तर, यदि कुनै कारणले रातो रक्त कोशिकाहरू १२० दिन अगाडि टुक्रिएमा कलेजोमा बिलिरुबिनको मात्रा बढ्छ। जसका कारण जण्डिस हुन्छ ।
लक्षण
–छाला पहेंलो हुनु
–आँखाको सेतो भाग पहेलो हुनु
–पिसाबको गाढा पहेंलो रंगको हुनु
–दिशाको रंग सामान्य नहुनु।
–ज्वरो आउनु, पेट दुख्नु ।
–खाना नरुच्ने, थकाइ लाग्ने, अल्छी लाग्ने।
–शरीरमा चिलाउने आउनु र तौल घट्नु। यदि यी मध्ये कुनै पनि लक्षणले तपाईलाई सताउँछ भने, तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुहोस् र जन्डिस परीक्षण गराउनुहोस्।
खान नहुने कुराहरु:
तोरीको साग, सुपको साग
–आँप, केरा, अंगुर, लिची, अनार, अम्बा
–चिल्लो पदार्थहरू, खुर्सानी, काजु, बदाम, छोकडा, तिल
–दही, मोही, फ्रिजमा राखेको कोक फेन्टा पेप्सीलगायतका चिसो पेय तथा चिया, कफी तथा अत्कोहलजन्य पेय पदार्थ
– चाउचाउ, केक, पप, मिठाईहरू, भटमास, चना, बोडी, अन्डा, माछा मासु, चिल्लो पिरो अमिलो मासको दाल, मसुरो विपरीतलिंगीसँग नसुत्ने अर्थात् एक्लै सुत्ने ।
जन्डिस हुँदा ज्वरो आएमा सिटामोल खानुहुँदैन । ज्वरो वढी आएमा चिकित्सकको सल्लाह लिनुपर्दछ ।
जन्डिसबाट छुटकारा पाउने घरेलु उपाय:
जन्डिसबाट बच्न चाहनुहुन्छ भने सबैभन्दा पहिले खानपानको शुद्धतामा ध्यान दिनुहोस् । फोहोर पानी प्रयोग हुने ठाउँको खाना नखानुहोस्। यस रोगको सिकार धेरै मानिसहरु छन् जो लगातार बाहिरको खाना खाने गर्छन्। सन्तुलित आहार लिनुहोस्।
-जन्डिसको आयुर्वेदिक उपचारमा त्रिफलाको प्रयोग समावेश छ। त्रिफला राती भिजाएर बिहान पानी छानेर पिउनुहोस् । यसलाई दुई हप्तासम्म प्रयोग गर्नाले जन्डिसमा आराम हुन्छ ।
-धनियाँको पातलाई रातभर भिजाएर बिहान पानी पिउनुहोस्। आराम मिल्नेछ। सामान्य रुपमा पनि हप्तामा एक पटक यो उपाय गर्नाले कलेजो सफा गर्न सकिन्छ ।
-नीमको पातको रस निकालेर जन्डिसका बिरामीलाई दिनुहोस्। नीमको पातको चटनी बनाएर दिनहुँ एक चम्चा खाँदा जन्डिस निको हुन्छ ।
-मदिरा सेवन गर्ने मानिसको कलेजो कमजोर हुन्छ र जन्डिस हुने सम्भावना रहन्छ । लागूपदार्थबाट टाढा रहनुहोस्। नियमित योग गर्नुहोस्। भुजंगासन, उत्तन पदासन, शवासन र प्राणायाम धेरै लाभदायक छन्।
-टमाटरको एन्टिअक्सिडेन्ट गुणले जन्डिस निको पार्न प्रयोग गर्न सकिन्छ। बिहान खाली पेटमा टमाटरको रस पिउनुहोस्। स्वाद बढाउन अलिकति कालो मिर्च र नुन प्रयोग गर्न सकिन्छ।
-जन्डिसका बिरामीलाई भिटामिन सी युक्त फलफूल खुवाउनुपर्छ । कागती, सुन्तला, अमला जस्तै। गर्मीमा जन्डिसका बिरामीलाई उखुको जुस खुवाइन्छ । नियमित आहारमा समावेश गरे जन्डिस हुँदैन ।
–करेला पिसेर पानी मिसाएर बिहान साँझ पिउनाले पहेंला समस्यामा लाभ दिन्छ।
–२०० ग्राम दहीको एक चुट्की फट्किरी मिलाएर दिनभरी प्यास लाग्दा पिउनाले पहेलो समस्या छिटो ठिक हुन्छ।







डिसी नेपाल








Facebook Comment