विदेश भ्रमणमा जाने नेपालीलाई यस्तो छ डलर सटही सुविधा

डिसी नेपाल
१२ साउन २०८० १४:३२
908
Shares

काठमाडौँ। विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज जारी गरेको एकीकृत परिपत्र-२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो।

भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी वापत प्रतिपटक अधिकतम अमेरिकी डलर दुई हजार पाँच सय बराबरको सटही सुविधा प्राप्त गर्नेछन्। त्यस्तो सटही सुविधा एक वर्षमा दुई पटकमा नबढ्ने गरी मात्र प्रदान गरिने उल्लेख छ।

एकीकृत निर्देशन जारी भएको मितिभन्दा अगावै त्यस्तो सुविधा लिएकाले पनि चालु आवमा थप दुई पटक त्यस्तो सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम दुई सय अमेरिकी डलर बराबरको सटही सुविधा उपलब्ध गराउने प्रबन्ध गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *