गायक अजेष पौडेलले नयाँ गीत सार्वजनिक

डिसी नेपाल
१५ साउन २०८० १४:३१
300
Shares

काठमाडौं। ‘द भ्वाइस अफ नेपाल’ फेम्ड गायक अजेष पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन्।

सार्वजनिक ‘जे छु ठिकै छु’ बोलको गीतमा अजेश आफैले अभिनय गरेका छन्। उनलाई अभिनयमा टिकटक स्टार तथा मोडल अनिषा ओलीले साथ दिएकि छन्।

यस अघि गायक अजेशले ‘भंगेरी चरी’ बोलको गीत सार्वजनिक गरेका थिए, जुन टिकटकमा भाईरल बनिसकेको छ। हुन त गायक अजेशले द भ्वाइसमा जानु भन्दा अगाडी पनि धेरै गीतहरूमा आफ्नो आवाज भरिसकेका छन्।

सार्वजनिक ‘जे छु ठिकै छु’ बोलको गीतमा अजेषको आवाज रहेको गीतमा ‘द भ्वाइस अफ नेपाल’बाटै चर्चित अर्का गायक डम्बर हिङ्ग्मांगको शब्द सङ्गीत, देवाशिश तामाङको एरेन्ज, मनोज थापा मगरको मिक्सिङ्ग तथा मास्टरीङ्ग, विकास दाहालको सम्पादन, अनिल कटवालको छायाङ्कन रहेको छ।

सिनेरा फिल्म्स ब्यानर तथा अजेषको निर्माणमा बनेको गीतको भिडियोमा अजेष र अनिषाको अभिनय तारिफ योग्य छ। माया प्रेम र बिछोडको समिश्रणका साथ तयार भएको गीतको भिडियो निकै उत्कृष्ट पनि बनेको छ। भिडियोमा अजेष र अनिषालाई अशोक भुजेलले निर्देशन गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.