चुनावमा आफ्नो टोल र सरोफेरो सम्हाल्नुस् : उपसभापति शर्मा
खजुरा (बाँके)। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द्व र विमतिलाई बिर्सिएर एक ढिक्का भई निर्वाचनमा जुटन आग्रह गरेका छन्।
निर्वाचन परिचालन एवम् प्रचारप्रसार मूल समिति नेपाली कांग्रेस बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको बताए।
शर्माले कांग्रेसले यस पटक करिब दुई तिहाई नयाँ उम्मेदवार बनाएको उल्लेख गरे। ‘जेनजी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल कांग्रेस हो,’ उनले भने, ‘देशलाई गाँस्ने पार्टी कांग्रेस हो। अब बन्ने सरकारले नागरिकमा आशा र भरोसा जगाउनुपर्नेछ, त्यो तागत कांग्रेससँग छ। इतिहास साक्षी छ, समन्वय, सहकार्य र एकता कायम गर्न सक्ने समाथ्र्य कांग्रेससँग छ।’
भेलामा नेपाली कांग्रेस केन्द्रीय सदस्य गोपाल दहित, कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् निर्वाचन परिचालन मूलसमिति संयोजक राजु खनाल, नेपाली कांग्रेस बाँके क्षेत्र नं ३ का उम्मेदवार अमरसिंह पुन, क्षेत्र नं १ का उम्मेदवार नारायणप्रसाद गौडेल, क्षेत्र नं २ का उम्मेदवार शुधांसु कोइराला, समानुपातिक उम्मेदवार दुखीराम लोनियाले जनआकांक्षा सम्बोधन र संविधान रक्षाका लागि कांग्रेसलाई जिताउन आग्रह गरे।
नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भेलामा जिल्लाभरी अगुवा कार्यक्रर्ताको सहभागिता रहेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment