‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ सार्वजनिक

डिसी नेपाल
१८ साउन २०८० १२:००
120
Shares

काठमाडाैं। टेलिफिल्म ‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ सार्वजनिक भएको छ। दिलीप श्रेष्ठको स्वर रहेको गीतमा अराज केशवको लेखन र संगीत छ।

गीतको भिडियोमा टेलिफिल्मका का मुख्य कलाकारहरु राज थापा, अविराज विसी, ममता अधिकारी र सरु शर्मा ‘दिया’ फिचर्ड छन। नेत्र गुरुङको सम्पादन र निर्देशन रहेको भिडियोमा रोहन आशिभको कोरियोग्राफी छ।

टेलिफिल्मका लेखक तथा निर्देशक बासुदेव पोखरेल हुन्। उनले अभिनय पनि गरेका छन्। श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिफिल्म यही साउन २४ गतेबाट ओएसआरको युटुबबाट सार्वजनिक हुँदैछ। टेलिफिल्म निर्देशक घनश्याम लामिछाने र निर्माता मणिरत्न शर्माले मिलेर निर्माण गरेका हुन्।

सिरियलमा दुई गाउँ कर्कले गाउँ र चिचिन्डे गाउँ बीचको प्रेम द्धन्दलाई प्रस्तुत गरिएको छ। सधैं जमीन तिर मात्रै हेर्ने, साधारण मानिसले झै सीधा हेर्न नसक्ने, आकाशतिर टाउको उठाउनै नसक्ने बानी भएको असाधारण व्यक्तित्व व्यक्ति कर्कले मामाको कथामा टेलिफिल्म निर्माण भएको लेखक र निर्देशक बासुदेव पोखरेलले बताए।

टेलिफिल्ममा सुशील पोखरेल, प्रज्ञा जोशी, बासुदेव पोखरेल, तुलसी छेत्री, कपिल शर्मा, प्रज्वल भितृकोटी, राज थापा, अबिराज बि सि , ममता अधिकारी, सरु शर्मा “दिया”, दिपेश लामिछाने, श्याम सुन्दर कार्की, कुमार गुरुङ, प्रान्जल, शिव बराल, राजकुमार गुरुङ, नबराज लामिछाने, बाल कलाकार अक्षित अधिकारी, महिमा लामिछाने लगायतका कलाकारको अभिनय छ।

टेलिफिल्ममा सिद्वार्थ गौतमको छायांकन, क्यामुदिन मियाको सम्पादन र मिक्सिङ्ग, समीर मियाको कलर, जय गुरुङ र आशिष गुरुङको श्रृंगार, सविन गायकको पोष्टर र टाइटल डिजाइन, राजकुमार त्रिखत्रीको पार्श्व संगीत छ।

टेलिफिल्मको शिर्ष गीतमा किशोर सुबेदीको संगीत र गायन रहेको छ । अर्को गीतमा विकास चौधरीको संगीत र स्वर रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.