पार्टीका अग्रज नेताहरुका बारेमा जन–मानसमा जानकारी गराउनुपर्छ : देउवा

डिसी नेपाल
२० साउन २०८० १८:०७
88
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका अग्रज नेताहरुका बारेमा जन–मानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका छन् ।

सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले कांग्रेसका संस्थापक महामन्त्री स्वर्गीय सूर्यप्रसाद उपाध्यायको ३९ औं स्मृति सप्ताहको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको सभामा सभापति देउवाले मुलुकको परिवर्तन र पार्टी स्थापनामा भूमिका खेलेका अग्रज नेताहरुको बारेमा अध्ययन र अनुसन्धान गरि जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका हुन् ।

सभापति देउवाले पुराना नेता सूर्यप्रसाद उपाध्यायलाई पहिलो पंक्तिको स्मरणीय नेताका रुपमा पुनस्र्थापित गर्दै शीर्षस्थ नेताका रुपमा उपाध्यायको तस्बिर पार्टी कार्यालयमा राख्ने निर्णयले आफुलाई खुसी लागेको धारणा राखे । उनले विना कारण सूर्यप्रसाद उपाध्यायमाथि अन्याय हुन पुगेको भन्दै अहिले पार्टीले न्याय गरेको जिकिर गरे ।

देउवाले पार्टी निर्माणमा सूर्यप्रसाद उपाध्यायले लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.