बाबुरामलाई चुनाव लड्न बालेनको सुझाव

डिसी नेपाल
१० पुष २०८२ २१:०३
264
Shares

काठमाडौंख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रतिनिधि सभाको चुनाव लड्न सुझाएका छन्।

बिहीबार ज्वागलमा भएको गोप्य छलफलमा मेयर शाहले विघटित संसद्‌मा भिजिनरी सांसद कोही पनि नभएको अवस्थामा अबको संसद्‌मा डा. भट्टराई सांसदको रूपमा हुनैपर्ने बताएका हुन्।

२०७९ सालको प्रतिनिधिसभा सदस्य चुनावमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भट्टराईले गोरखा-२ छाडेका थिए। बालेनले भेट्मा प्रचण्डलाई नछोडेको भए उक्त क्षेत्रबाट भट्टराईले नै जित्ने बताएका थिए।

बालेनसँगको भेटपछि सञ्चारकर्मीसँग भट्टराईले आफूले नयाँ र वैकल्पिक शक्ति एक भएर अघि बढ्न सुझाव दिएको बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *