सर्लाहीमा नेकपा एसका केन्द्रीय सदस्यसहित ठूलो संख्यामा कार्यकर्ता एमालेमा फर्किए

डिसी नेपाल
२० साउन २०८० २१:४३
960
Shares

महोत्तरी। एकीकृत समाजवादी पाटीका सर्लाहीबाट झण्डै १५० जना भन्दा बढी नेकपा एमाले फर्किएका छन् ।

प्रदेशसभाका पूर्वसंसद डिल्ली उप्रेतीसहित ठूलो संख्यामा एमाले फर्किएका एमाले मधेश प्रदेशका प्रचारप्रसार विभाग प्रमुख सोमप्रसाद शर्माले जानकारी दिए।

नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका डिल्ली उप्रेतीले व्यक्तिगत इगोलाइ लिएर विभाजित हुँदा गलत विषयले पश्रय पाएको र एसमा समेत गलत पवृत्ति बढेकाले आफ्नै घर फर्किएको बताए।

नेकपा एमाले सर्लाहीले आयोजना गरेको पुनर्मिलन कार्यक्रममा जिल्लास्तरिय नेतासमेत फर्किएका छन् । नेकपा एसवाट ११३ जना र वाकि माओवादी केन्द्र, काङ्ग्रेसबाट प्रवेश गरेका नेकपा एमालेले जनाएको छ।

सचिव योगेश भट्टराईले एमाले फर्किएका उक्त नेकपा एस, माओवादी र काङ्ग्रेसका नेता, कार्यकर्ताहरुलाइ स्वागत गर्दै कम्युनिष्ट आन्दोलन अभियानमा जोडिएकोमा खुसी ब्यक्त गरे।

देशैभरीबाट एमालेमा जोडिनेको संख्या ह्वात्तै बढेको वताउदै आज नै सिन्धुपाल्चोकवाट पनि १४७ जना भन्दा बढी नेताहरु फर्किएका सचिव भट्टराईले बताए।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.