हिमालयन क्यापिटलले १ अर्ब रुपैयाँको म्युचुअल फन्ड योजना निष्कासन गर्ने
काठमाडौं। हिमालयन क्यापिटलले ३२ साउनदेखि बन्दमुखि म्युचुअल फन्ड योजना ‘हिमालयन ८०-२०’ निष्कासन गर्ने भएको छ।
क्यापिटलले हिमालयन ८०-२० को कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गर्न लागेको हो। यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ।
बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ।
उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ १५ गतेसम्म आवेदन खुला रहनेछ। यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ।
यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ। हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो। यस योजनाको परिवक्व हुने अवधि १० वर्षको रहेको छ।







डिसी नेपाल







Facebook Comment