मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्छ : अर्थमन्त्री

डिसी नेपाल
२७ साउन २०८० १६:३५
40
Shares

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा संजाल (आयोन) ले शनिबार ललितपुरमा आयोजना मन्त्री महतले कोरोना, अन्तराष्ट्रिय परिस्थीति लगाएतका कुराले आर्थिक क्षेत्रमा देखिएको समस्या अस्थायी भएको भन्दै अव मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्ने बताएका हुन् ।

उनले मुलुक विकासको बाटोतर्फ अघि बढेको र यहि प्रयाप्त अवसर रहेकाले स्वदेशमा नै अवसरको खोजी गर्न युवाहरुलाई आग्रह गरे । लामो समय विदेशमा बसेर फर्केकाहरुले पनि नयाँ नयाँ प्रविधिको प्रयोग गरेर नेपालमा नै व्यवसाय गरिरहेको उनले बताए । मन्त्री महतले बजेटको न्यूनताका बाबजुत युवा उद्यमशिलता र सूचना प्रविधि क्षेत्रमा ठूलो रकम छुट्टाएको जानकारी दिए ।

त्यस्तै मन्त्री महतले अहिले मुलुकमा विदेशी लगानी र सहयोग लिनका लागी प्राथमिकता निर्धारण गर्ने र आन्तरिक स्रोतलाई बलियो बनाउने गरि अर्थमन्त्रालयले काम गरिरहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *