दक्षिण एसियाली तेक्वान्दो च्याम्पिएनसिपमा मनिषाले जितिन् स्वर्ण पदक

डिसी नेपाल
३१ साउन २०८० १४:३७
192
Shares

बारा। बारा जिल्लाको निजगढ निबासी लिलाकुमारी सापकोटा ‘मनिषा’ले भारतको हैदरवादमा हालै भएको दक्षिण एसियाली च्याम्पिएनसिप आईटीएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् ।

अगष्ट ४ देखि ६ तारिकसम्म सञ्चालन भएको प्रतियोगितामा पाँच ईभेन्टमा प्रतिस्पर्धा गरेकी मनिषाले जिरोगीको ४४ किलो तौल समुहमा स्वर्ण पदक पाएकी हुन ।

अन्य चार ईभेन्टमा भने उनले तीन रजत र एक कास्य पदक हासिल गरेकी छिन् । प्रतियोगितामा भारत पहिलो भएको थियो भने नेपाली टोली दोस्रो र बंगलादेशको टोली तेस्रो भएको छ । प्रतियोगितामा मनिषासहित नेपालले कुल २२ स्वर्ण पदक जितेको थियो  ।

निजगढ नगरपालिका वडा नम्बर ४ घर भएकी मनिषा हाल सशस्त्र प्रहरीमा कार्यरत छिन् । सापकोटाले बाग्देव तेक्वान्दो डोजाङबाट तेक्वान्दो खेल सुरु गरेकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.