पाकिस्तानका चर्चित क्रिकेटरले विश्वकपको मुखमा सन्यास लिए
काठमाडौं । पाकिस्तानका चर्चित खेलाडी वाहब रियाजले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
वाहब रियाजले सामाजिक सञ्जालमा भने, ‘मेरो अविश्वसनीय यात्रापछि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु । पाकिस्तान क्रिकेट बोर्ड, परिवार, प्रशिक्षक, मेन्टर, टिममेट, फ्यान र मलाई समर्थन गर्ने सबैलाई धन्यवाद।’
वहाब रियाजले २७ टेस्ट खेलमा ८३ विकेट लिएका छन् । वहाबले ९१ एकदिवसीय खेलमा १२० विकेट लिएका छन् । योसँगै वहाबले ३६ टी–२० खेलमा ३४ विकेट लिएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment