सत्ताधारी नेतालाई छानविनकाे डरले समिति बनाइएन : योगेश भट्टराई

डिसी नेपाल
३२ साउन २०८० ७:०२
48
Shares

महोत्तरी। नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ताधारी दलका उच्च तहका नेताहरु सुन काण्डमा संग्लन भएको दावी गरेका छन्।

उच्च स्तरीय छानविन समिति बनाएर अगाडि बढ्दा अर्थमन्त्रीदेखि गृहमन्त्रीसमेत बयानको भागीदार बन्ने भएकै कारणले छनविन समिति नबनाएको उनकाे तर्क छ।

उद्याेग बाणिज्य महासंघ मधेश प्रदेशको प्रथम अधिबेशनमा सहभागी हुन महोत्तरी आइपुगेका सचिव भट्टराईले संसद अवरुद्ध आफूहरुको रहर नभएको पनि बताएका छन्।

`एमालेले गरेको संसद बैठक अवरुद्धलाई लिएर धेरैले थुप्रै प्रश्न उठाएका छन,´ उनले भने, `हाम्रो माग एउटै हो उच्च स्तरीय छानविन समिति बनोस्, निष्पक्ष छानबिन हाेस्।´

उच्च स्तरीय छानविन समितिले गृहमन्त्रीलाई समेत नछोड्ने भएकाले प्रधानमन्त्री प्रचण्डले नै यसलाई रोकेको सचिव भट्टराईको आरोप छ।

२०७९ को निर्वाचनमा अपेक्षित परिणाम नआएको हुनाले देशमा अहिले भ्रष्टाचार र अपराधी गतिविधि बढेको जिकिर गर्दै भट्टराईले त्यसै कारणले पनि नेकपा एमालेले मिसन २०८४ बनाएको बताए। मिसन २०८४ निर्वाचन केन्द्रित भएको बताउदै उक्त निर्वाचनमा स्थानीयदेखि संघसम्म एमालेको नै बहुमत हुने भट्टराईले जिकिर गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.