निर्वाचनको वातावरण बन्दै गएको छः नेता शर्मा
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता दिनानाथ शर्माले आगामी फागुन २१ गते घोषणा भएको निर्वाचन तोकिएकै मितिमा हुने राजनीतिक वातावरण बन्दै गएको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टी म्याग्दीको आज बेनीमा बसेको बैठकलाई सम्बोधन गर्दै नेता शर्माले विगतमा भएका राजनीतिक उपलब्धी, संविधान तथा व्यवस्था बचाउँदै जेनजी पुस्ताको आन्दोलनको मर्म र भावना अनुसार देशलाई राजनीतिक निकाश दिन चुनावको विकल्प नभएको बताए।
नेता शर्माले राजनीतिक परिवर्तनको अगुवाई गरेको नेपाली कम्युनिष्ट पार्टीले शुसासनको जगमा देशमा राजनीतिक स्थिरता कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारको छानविनका लागि शक्तिशाली आयोग गठन, संवैधानिक निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन योग्यता र क्षमताको आधारमा अवसर दिने प्रणाली विकास गराउने मुद्दा लिएर चुनावमा जाने बतारे।
यसैगरी बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फ उमेद्वारको नाम शिफारिस गरेको छ। प्रत्यक्षतर्फ अर्जुनबहादुर थापा, कृष्णकुमार विश्वकर्मा, गमबहादुर श्रीसमगर, टेकबहादुर विक र दुर्गा कार्कीको नाम सिफारिस गरिएको नेता रेशम जुग्जालीले जानकारी दिए।
समानुपातिकतर्फ गोविन्द पौडेल, चन्द्रबहादुर घिमिरे, पुनम खड्का, मिना विक, दिलु बुद्धुजा र लालबहादुर चर्माकारको नाम सिफारिस भएको । वुद्धुजा यौनिक अल्पसङ्ख्यक समुदायका हुन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment