सुन प्रतितोला आठ सय रुपैयाँले सस्तियो

डिसी नेपाल
३२ साउन २०८० १२:०१
1.7k
Shares

काठमाडौं। आज साउनको अन्तिम दिन नेपाली बजारमा सुनको भाउ सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले सस्तिएको हो।

जसअनुसार आज छापावाला सुनको भाउ प्रतितोला १ लाख १० हजार चार सय रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख ९ हजार ८५०रुपैयाँ कायम गरिएको छ। बुधबारसुनको भाउ प्रतितोला १ लाख ११ हजार दुई सय रुपैयाँ थियो।

महासंघका अनुसार आज चाँदी तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला १३ सय ७० रूपैयाँ कायम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *