मिलन नेवार र पूर्ण लिम्बुको स्वरमा ‘हेर्दा राम्रो साह्रै राम्रो संखुवासभा’ सार्वजनिक

डिसी नेपाल
१ भदौ २०८० १३:०५
804
Shares

इटहरी। संखुवासभा जिल्लालाई म्युजिक भिडियोको माध्यमबाट चिनाउने उद्देश्य सहित म्युजिक भिडियो सार्वजनिक गरिएको छ। संखुवासभा सोसाइटी युकेको लगानिमा बनेको ‘हेर्दा राम्रो साह्रै राम्रो संखुवासभा’ बोलको उक्त म्युजिक भिडियो यही शनिबार युट्युब मार्फत सार्बजनिक गरिएको हो।

संखुवासभाको पर्यटकीय, धार्मिक, सास्कृतिक तथा ऎतिहासिक स्थललाई आकर्षक ढङ्गले गीत तथा भिडियो मार्फत चित्रण गर्न खोजिएको यो गीतका लेखक पुर्ण लिम्बुले जानकारी गराए।

यहि श्रावण २७ गते युके र संखुवासभामा एकसाथ कार्यक्रम गरि म्युजिक भिडियोलाई कोशी भिजन नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। यो गीत तयार गर्नलाई नै लामो समय लागेको र छायांकनका बेला पनि निकै मेहनत गरेको उनको भनाइ छ।

यो गीतमा सुनिएका स्वर र देखिएका कलाकारहरु सबै संखुवासभाकै रहेका छन्। गीतका लेखक लिम्बुसंग चर्चित गायिका मिलन नेवारले गायनमा साथ दिएकी छन्। गीतमा प्रेम कृष्ण बजगाईको संगीत तथा राजु कार्कीको एरेन्ज रहेको छ।

किङ स्टुडियोमा रेकर्ड भएको गीतको भिडियोमा रेखा फागो र बादल श्रेष्ठलाई फिचर्ड गरिएको छ। यस्तै मनिषा वानेम र साजन राई पनि भिडियोमा फिचर्ड छन् भने अतिथि कलाकारको रुपमा दिनेश कोइरालालाई भिडियोमा प्रस्तुत गरिएको छ।

सुमन तामाङले निर्देशन तथा छायांकन गरेको भिडियोलाई हेमन तामाङले सम्पादन गरेका छन्। कोशी भिजन इटहरीमा पोस्ट प्रोडक्सन भएको भिडियोमा संखुवासभाको चैनपुरमा रहेको सिजल डान्स सेन्टरले कोरस डान्स गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.