कोशीको सभामुख छाडेर मन्त्री बनेका बाबुराम गौतम माओवादी केन्द्रीय सदस्य मनोनित

अशोक कुमार मण्डल पनि बने केन्द्रीय सदस्य

डिसी नेपाल
१ भदौ २०८० १६:०६
188
Shares

काठमाडौं। नेकपा(माओवादी केन्द्रले दुईजना केन्द्रीय सदस्य थप गरेको छ । माओवादी केन्द्रीय कार्यालयले दुई जना केन्द्रीय सदस्य थप गर्दै केन्द्रीय समितिको संख्या ४ सय ११ पुर्‍याएको छ ।

कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएर मन्त्री बनेका बाबुराम गौतम माओवादीको केन्द्रीय सदस्य बनेका छन् । गौतमलाई केन्द्रीय सदस्यमा मनोनित गरेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

सप्तरीका अशोक कुमार मण्डल पनि माओवादी केन्द्रीय सदस्य मनोनित भएका छन्। उनी माओवादीका जनयुद्धकालनि नेता हुन्।

गौतम र मण्डल दुबैलाई केन्द्रीय सदस्य मनोनित गरिएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।

कोशी प्रदेशको सत्ता राजनीतिमा बहालवाला सभामुख भएर यस अघि कांग्रेसका उद्वव थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि विवादित बनेका थिए। उनको हस्ताक्षर प्रयोग गरी गठन भएको सरकार सर्वोच्चले अवैध ठहर गरेको थियो।

अहिले कांग्रेस,माओवादी जसपालगायतको गठबन्धनबाट मुख्यमन्त्री थापा नेतृत्वको सरकारमा गौतम सहभागी भएका छन् । सभामुखबाट राजीनामा दिएर प्रदेश मन्त्रीमा बहाल छन् ।

कोशी प्रदेशको सत्ता राजनीतिको अंकगणित मिलाउन उनी सभामुख छाडेर माओवादीको तर्फबाट आर्थिक मामिला मन्त्री बनेका हुन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.