फुटबलर विमल घर्ती बाधिए बैबाहिक बन्धनमा

डिसी नेपाल
३ भदौ २०८० १८:०५
12.2k
Shares

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर बैबाहिक बन्धनमा बाधिएका छन्। उनले भद्रकाली मन्दीरमा आफ्नी प्रेमिका लिना प्रधानसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत फोटो सार्वजानिक गरेका छन्।

विमलले आइतबार काठमाडौंको भद्रकाली मन्दिरमा परिवारजनको उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको बताइएको छ। लिना र विमलबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो।

उनले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि लिनालाई नै गोल समर्पण गर्दै खुसी साँटेका थिए।

विमलले शुक्रबारबाट केही दिनका लागि राष्ट्रिय टिमको क्लोज क्याम्पबाट विदा लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.