प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको योजना : अदालतमा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाउने (पूर्णपाठ)
काठमाडाैं। सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयमा बिचौलिया, विकृति र विसंगतिमा शून्य सहनशीलता अपनाउने बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनवाई समिति बैठकमा आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै श्रेष्ठले न्यायालयमा विकृति र विसंगतिको बिषयमा आफू गम्भीर रहेको भन्दै अदालतमा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाउँदै विकृति र विसंगतिलाई अन्त्य गर्ने बताएका हुन्।
न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य मान्यतालाई अक्षुण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ गुणस्तरीय एवं प्रभावकारी न्यायसम्पादनको माध्यमबाट सवैलाई न्याय सुुनिश्चित गर्ने तथा सुशासन र गुणस्तरीय सेवा प्रवाहमा दृढ संकल्पीत रहेको उनले बताए।
उनले मुद्दा फर्छ्यौटलाई छिटोछरितो तथा प्रभावकारिता बनाउने र पुराना बक्यौता मुद्दाहरुको न्यूनिकरणमा विशेष जोड दिइएको जिकिर गरे।
फरक मुद्दा व्यवस्थापन पद्धति योजनालाई मुलुकको अवस्था र आवश्यकताको सापेक्षतामा निर्माण गरिएको र जिल्ला अदालत तथा उच्च अदालतमा लागू समेत भइरहेको उनले बताए।
उनको कार्ययोजनामा न्यायमा सहज पहँच अभिवृद्धिका लागि उपयुक्त रणनीति तथा कार्यक्रमसहित बार्षिक कार्ययोजनान तयार गरि कार्यान्वयन गर्ने लगाएत छन्।







डिसी नेपाल








Facebook Comment