जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न: नेपालगंजकी बुढाले जितिन् जापान भ्रमणको अवसर

डिसी नेपाल
११ पुष २०८२ ११:५७
20
Shares

काठमाडौं। जस्मिन पेन्ट्स लिमिटेडले चाडपर्वलाई लक्षित गरि २०८२ भाद्र १ देखि २०८२ कार्तिक मसान्तसम्म संचालन गरेको ग्राहक उपहार योजना “चाडपर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग” को बम्पर उपहार बिजेता घोषणा गरेको छ।

कम्पनीका ब्राण्ड एम्बेसेडर पारस खड्काको बिशेष उपस्थितिमा एक कार्यक्रमका बिच उनकै हातबाट लक्की ड्र कुपन मार्फत बिजेताको घोषणा गरिएको हो।

२०८२ पुष ७ गते घोषणा गरिएको यस बम्पर उपहार योजनामा नेपालगञ्ज निवासी देवी बुढाले जापान भ्रमण गर्ने सुनौलो अवसर प्राप्त गर्नुभयो। यसका साथै अन्य ग्राहकहरुले पनि विभिन्न उपहारहरु प्राप्त गर्न सफल भए। यसमा ७५ जनाले डिनर सेट, १०५ जनाले हिटर, १५१ जनाले आइरन र ७५० जनाले भित्तेघडी सहित जम्मा १०८२ जनाले विभिन्न उपहारहरु जित्न सफल भए।

तीन महिनासम्म संचालन भएको यस उपहार योजनामा जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गरेका नेपालभरिका २६४७ भन्दा बढी ग्राहकहरु समावेश भएका थिए। ग्राहक महानुभावहरुलाई ७५ हजार बराबरको जस्मिन पेन्ट्सका उत्पादनहरुको खरिदमा एउटा बम्पर कुपन प्रदान गरिएको थियो।

ग्राहकहरुको उत्साहजनक सहभागिताले यस उपहार योजना सफल भएको र यसबाट कम्पनीको व्यावसायिक वृद्धिमा सहयोग मिलेको कम्पनीका कन्ट्री म्यानेजर डिल्ली राम पौडेलले बताए। साथै उनले यस उपहार योजना सफल पार्न सहयोग पुर्याउने सबै महानुभावहरुलाई बिशेष धन्यवाद सहित आगामी दिनहरुमा संचालन गरिने उपहार योजनाहरुमा सहभागिता जनाउनको लागि अनुरोध समेत गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *