एसिया कपका लागि भारतीय टोलीको घोषणा

डिसी नेपाल
४ भदौ २०८० १५:२९
2.3k
Shares

काठमाडौं । एसिया कपका लागि भारतीय टोलीको घोषणा भएको छ । जसप्रित बुमराह र केएल राहुल फिट भएर टिममा फर्किएका छन् । मुख्य चयनकर्ता अजित आगरकरले टोलीको घोषणा गरेका हुन् ।

बुमराहले आयरल्याण्डमा टी-२० सिरिज खेल्ने भारतीय टोलीको कप्तानी गर्दैछन्। उनी लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछन् । योसँगै आईपीएलमा घाइते भएका केएल राहुल पनि फिट भएका छन् । श्रेयस अय्यर पनि चोटका कारण लामो समय टिम बाहिर थिए ।

भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, तिलक वर्मा, केएल राहुल, इशान किशन, हार्दिक पाण्ड्या (उप कप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा र सञ्जु सामसन छन् ।

मुख्य चयनकर्ता आगरकरले सञ्जु सामसनलाई ब्याकअप खेलाडीका रूपमा चयन गरिएको बताए । टोलीमा कूल १७ खेलाडी छनोट भएका छन् ।

एसिया कप अगस्ट ३० बाट सुरु हुनेछ । यसै वर्ष आयोजना हुने एकदिवसीय विश्वकपअघि टोलीको तयारीको परीक्षणका लागि यो महत्वपूर्ण प्रतियोगिता मानिएको छ ।

एसिया कपमा भारतीय टोलीको पहिलो खेल सेप्टेम्बर २ मा पाकिस्तानसँग हुनेछ । एसिया कपमा भारत र पाकिस्तानबाहेक श्रीलंका, अफगानिस्तान, बंगलादेश र नेपालका टोलीले पनि सहभागिता जनाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.