जिम्बाब्वेका अलराउन्डर हिथ स्ट्रीकको मृत्यु भएको हल्ला
काठमाडौं । जिम्बाब्वेका पूर्व कप्तान हिथ स्ट्रीकको मृत्यु भएको हल्ला चलेको छ ।
पहिले जिम्बाब्वेका खेलाडी हेनरी ओलांगाले हिथ स्ट्रीकको निधन भएको दाबी गरे तर अब उनले हिथ स्ट्रीक जिवितै रहेको र उनको मृत्युको हल्ला फैलिएको बताएका छन् ।
उनले भने- “म हिथ स्ट्रीकको मृत्युको बारेमा अफवाह फैलिएको पुष्टि गर्दैछु। मैले उहाँसँग कुरा गरेको छु र उहाँ जीवित हुनुहुन्छ।”
यसअघि रोयटर्सका अनुसार हेनरी ओलांगाले मात्र हेथ स्ट्रीकको मृत्युको खबर ट्वीट गरेका थिए ।
उनी लामो समयदेखि क्यान्सरबाट पीडित छन् । स्ट्रीकले जिम्बावेका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा ६५ टेस्ट र १८९ एकदिवसीय खेल खेलेका छन् । स्ट्रीकको कोलोन र कलेजोको क्यान्सर छ र उनको दक्षिण अफ्रिकामा उपचार भइरहेको छ।
उनको मृत्युको खबरलाई लिएर धेरै भारतीय खेलाडीले पनि प्रतिक्रिया दिएका छन् ।
स्ट्रीकको निधनमा शोक व्यक्त गर्दै पूर्व भारतीय क्रिकेटर वीरेन्द्र सहवागले सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर) मा लेखेका छन् – “हिथ स्ट्रीकको मृत्युको खबर सुनेर म धेरै दुखी छु। उहाँ धेरै प्रतिस्पर्धी हुनुहुन्थ्यो र जिम्बाब्वेले अहिलेसम्म उत्पादन गरेका उत्कृष्ट अलराउन्डरहरू मध्ये एक हुनुहुन्थ्यो।
“उनको परिवार र साथीहरूलाई मेरो समवेदना।”
“मैले आफूविरुद्ध खेल्ने मौका पाएका मध्ये केही रहेनन् भन्ने थाहा पाउँदा दुःख लाग्छ।”







डिसी नेपाल







Facebook Comment