प्रियंका कार्की र शिवहरि पौडेलको अभिनयमा ‘हाई भन्यो मायाले’ सार्वजनिक

डिसी नेपाल
१० भदौ २०८० १०:११
668
Shares

काठमाडौं। हिन्दु नारीहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा गायिका कल्पना देवकोटा पौडेलको स्वरमा रहेको मौलिक तीज गीत ‘हाई भन्यो मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ।

तीजको गीत भन्ने बितिकै आजकल प्राय नाच्ने भन्ने नै बुझिन्छ तर तीज भन्ने बितिकै नाच्ने मात्र नभएर एउटा चेलीले बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप तीज गीत ‘हाई भन्यो मायाले’मा परदेशमा रहेका नेपाली चेलीहरुको अवस्थालाई चित्रण गरिएको छ।

गीतमा लक्ष्मण पौडेलको शब्द तथा संगीत रहेको छ। परदेशमा बसेर तिज आउँदा भोग्नुपर्ने पिडालाई गीतमाा देखाइएको छ।

माइतिको सम्झना आमाले पकाएको दर को याद आफ्नो जीवन साथी भने जस्तै पाएपनी माइती घरमा नभएका कारण दुख पाएको कुरालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ। बावुल गिरीले संगीत संयोजन गरेको गीतमा तीजको बेला नारीहरुले व्यक्त गर्ने भावना प्रस्तुत छ।

गीतको मिक्सिङ्ग मास्टरिङ्ग श्याम स्वेत रसाईलीले गरेका छन्। पशुपती बस्यालको छायाँकन , पदम सुवेदीको सम्पादन तथा शिव विक को निर्देशनमा भिडियो तयार पारिएको छ । गीतमा नेपालका ख्यातिप्राप्त कलाकारहरु प्रियंका कार्की, शिवहरि पौडेल, खेम शर्मा र रुवी पौडेलको अभिनय रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.