समाजवादी मोर्चाले आज धनगढीमा सन्देश सभा गर्दै

डिसी नेपाल
१३ भदौ २०८० ८:४१
40
Shares

काठमाडौं। चार दल सम्मिलित समाजवादी मोर्चाले आज सुदूरपश्चिमको धनगढीमा सन्देशसभा आयोजना गर्दै छ।

सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसअघि बुधबार बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभाको आयोजना गरिएको थियो।

सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेता सहभागी हुँदैछन्।

भदौ ८ गते वीरगञ्जमा सभा गरेको मोर्चाले हिजो १२ गते बुटवलमा सभा गरिेको छ। आज धनगढीमा सभाको तयारीमा रहेको मोर्चाले भोली १४ गते सुर्खेतमा, १५ गते पोखरामा २३ गते हेटौडामा र २५ गते विराटनगरमा सन्देशसभा आयोजना गर्ने तयारी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.