कृष्णबहादुर महराका छोरा राहुल पुगे सिआईबीमा
काठमाडौ। नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा सुन तस्करी प्रकरणको अनुसन्धानमा सघाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) समक्ष पुगेका छन्।
९ किलो सुन प्रकरणमा जोडिएपछि उनले सामाजिक सञ्जालमार्फत प्रहरीको अनुसन्धानलाई सहजीकरण गर्न सिआइबी समक्ष जान लागेको जानकारी दिएका छन् ।
उनले लेखेका छन्,‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स सैलीमा मिडिया ट्राएल गरी हामी माथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सिआइबीमा उपस्थित भै अनुसन्धानमा सहजिकरण गर्दैछु। नविराउनु, नडराउनु ।’
२०७९ पुष १०मा त्रिभुवन बिमानस्थलमा बरामद इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन छुटाउन माओवादीका नेता कृष्णबहादुर महरा र छोरा राहुलकोे सक्रियता रहेको खुलासा भएको थियो।







डिसी नेपाल








Facebook Comment