नेम्वाङको बिहीबार अन्त्येष्टि गरिने, सरकारले दियो सार्वजनिक बिदा

डिसी नेपाल
२६ भदौ २०८० १९:०७
492
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार अन्त्येष्टि गरिने भएको छ ।  नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गर्दै बिहीबार सार्वजनिक बिदा दिने जनाएको छ । भोलि पार्टी कार्यालयबाट शव निवासमा लगेर बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । मन्त्रिपरिषद बैठकले उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने निर्णय गरेको थियो ।

बालुवाटारस्थित निवासमा आज बिहान हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै नेम्वाङको निधन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.