कविता : इमान

भूमिका गैरे तिमिल्सिना
१२ पुष २०८२ ७:२९
68
Shares

छोपेर नत छोपिन्छ
लुकाई नत लुक्दछ
कराई जति दबाउ
शाश्वत सदा सत्य छ।

फेरिन्छ सदा वसन्त
पालुवा नयाँ आउँछ
मुहार हुन्छ उज्यालो
चमक इमानको छ।

नपार्न सक्छ तल त्यो
नतान्न सक्छ बलले
नपर्छ लोभमा कुनै
रहन्छ पो हिमाल झैं।

न दिन्छ आश न कुनै
नराख्छ द्वेषको भाव
नमाग्छ पसारी हात
देखिन्छ शान्त शालीन।

मरिने मनुष्य चोला
साँचेर नत साँचिन्छ
जोगाई जति राखेनी
माटोमै गई मिसिन्छ।

स्वार्थ भन्दा माथि उठी
निश्वार्थ सेवा जोदिन्छ
उसको कर्मको फल
ईश्वर नित्य गर्दछ।

फलको आशा नराखी
लालच माथि उठेर
गर्दछ नित्य साधना
युगको बन्छ चाहना।

पखेटा जति फिजाऊ
नथाकी काम गरेनी
कमाऊ ख्याति अतिनै
नश्वर पर्यौ आखिर।

तेरो मेरोको चाह उस्तै
लोभी भयो पापी मन
बुझ्दैन सत्य कहिल्यै
मर्नुनै छ कुनै दिन।

शरीरमा रोग लागि
ओछ्यान थलिए पछि
नबुझ्नु बुझ्यो मनले
पछुतो मान्छ सज्जन।

अज्ञानी भए जहिल्यै
गहिरो भाव सोचिन
कर्कलाको पानी सरी
झुटो रहेछ जीवन।

नगरौँ कर्म अबेला
निश्वार्थ सेवा गरेर
नाटक रहेछ चोला
नफालौँ न त्यसै खेर।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *