प्रभु साह बिरुद्ध गाली बेइज्जती मुद्दा

डिसी नेपाल
२७ भदौ २०८० ९:२८
68
Shares

गौर। पूर्वमन्त्री समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहबिरूद्ध गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ। जिल्ला अदालत, गौरमा समाजवादी युवा संघ, रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले साह बिरूद्द गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन्।

उनले दर्ता गरेको मुद्दामा साहसहित सोही पार्टीका नेताहरू उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साहलाइ बिपक्षी बनाएका छन्।

सांसद साहको निर्देशनमा आफूलाइ घेरा हाली हातपात गर्नुको साथै गाली बेइज्जत गरी आफ्नो मानमर्यादा र प्रतिष्ठामा आँच पुर्‍याउने काम गरेको उनको अभियोगमा उल्लेख छ।

जनता समाजबादी पार्टी नेपाल रौतहटको जिल्ला कार्यकारिणी समिती सदस्यसमेत रहेका यादवको मुद्दामा चाँडै सुनवाई हुने अदालतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.