संघीयताकाे सफल प्रयोग हुन नसके खारेज हुनसक्छ : झलनाथ खनाल

डिसी नेपाल
२७ भदौ २०८० १६:१४
56
Shares

जनकपुरधाम। पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता  झलनाथ खनालले सफल रुपमा प्रयोग हुन नसके संघीयता खारेज हुन सक्ने अभिव्यक्ति दिएका छन् ।

जनकपुरधाममा बुधबार सञ्चारकर्मीसँग उनले प्रयोगकै चरणमा रहेको संघीयता सफल रुपमा कार्यान्वयन नभए खारेज हुन सक्ने अभिव्यक्ति दिएका हुन् ।

आमनेपाली जनताका लागि फलदायी नभए देशकै लागि बोझ हुने संघीयता चाहेर वा नचाहेर पनि टिक्न नसक्ने भन्दै उनले  संघीयताको भविष्यलाई लिएर अहिले कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताए ।

यद्यपि देश र जनताका लागि संघीयता कसरी फलदायी हुन सक्छ भन्ने विषयमा ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.