चन्द्र भण्डारीसहित आठ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित
काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठ जनालाई केन्द्रीय सदस्यमा मनाेनित गरेका छन्। सभापति देउवाले बिहीबार चन्द्र भण्डारीसहित आठ जनालाई केन्द्रीय सदस्यमा मनाेनित गरेका हुन्।
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेकाे मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment