कविताः कर्मशील मेयर बालेन शाह

शंकरप्रसाद रिजाल
६ असोज २०८० ५:३४
216
Shares

नेतामा कति जन्मिए, कति मरे सबै यहाँ
थाहै छैन कति कस्ता, आए गए को कहाँ।

पृथ्वी जन्मिए राजा, गोरखाको लिगलिगमा
बिशाल देश जन्माए, विश्वको मानचित्रमा।।

जन्मिए अर्का राजा, राजा महेन्द्र बनिकन
सारा विश्व परे छक्क, राजा नाम सुनिकन।

सारा नेपाल सबै सुखी, बिदेसीहरु झन् खुसी
कस्ता राजा भए देसमा, राष्ट्रप्रेमी र उन्मुखी।।

राष्ट्र र अन्तर्राष्ट्रमा, नाम लेखी सुकर्मको
देशमा बिकासको खाका, कोर्दै गए सुकर्मको।

त्यसपछि निस्किए एक, बालेन शाह बनिकन
राष्ट्रको झन्डा ओढी, देश चुम्ने गरिकन।।

स्वतन्त्र बिजयी भइ, मेयरमा जीते उनी
बिजयीको भोलि पल्टैनै, लागे कर्मठ झैं बनी।

धुलो धुलाम्मे काठमाडौं, फोहरको कुचक्रमा
कति रोए ती बालेन, जनता कति आँसुमा।।

कर्मशील बनी उनले, काठमाडौं मुट्ठीमा लिइ
गरे निष्कामको कर्म, परिणाम दिइ दिइ।

नगर टोल र गल्लीमा, उनको निरन्तर उपस्थिति
रहेन धुलो र फोहर, हेर्दा उनको गतिबिधि।।

सुरुमा बिरोध गर्ने, थिए उनको वरिपरी
अबत गर्न लाग्या छन्, उनकै भजन घरी घरी।

सफा सुग्घर भएका छन्, यत्र तत्र वरिपरी
खुलेका छन् नदीनाला, ठाउँ ठाउँ घरीघरी।।

कुकर्मका हातले, पुरिएका नदी सबै
सुकर्मका हातले फेरि, खोलिँदैछन् अरु सबै।

बगेका छन् नदीनाला, कर्मले नै निरन्तर
उनकै हातले आज, देखिन्छन् कति सुन्दर।।

कर्मले नै उठेका ती, हात पुज्य महान हुन्
यसो हेर्दा बालेननै, राष्ट्रका सच्चा बिकास हुन्।

उनको कर्मशीलतामा, रम्यो नगर रम् रम
उनैको धैर्यतामा नै, जम्यो सहर दम्दम।।

मान्छे लाग्छन् पछि किन, सदा बालेनको साथमा
आफैं पनि थप्नसकूँ मरेर पनि, यै राष्ट्रको कोषमा।

यस्तो उच्च बिचार राख्छ जसले, बाँच्छन् मरेता पनि
बुझ्छन् कर्मको रहस्य तिनैले, संघर्ष भोगे पनि।।

बाँच्छन् ती इतिहासमा सुयशले, चिरन्जिबी बनिकन
चम्किन्छन् अमर बनी सत्कर्म गरी यस लोकमा।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.