एमाले बागमती प्रदेशको अधिवेशन सुरु हुँदै
काठमाडौं। नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशन आजदेखि सुरु हुँदैछ।
सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट आज उद्घाटन हुने अधिवेशनको बन्दसत्र मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुनेछ। अधिवेशनका लागि एक हजार एक सय ५० प्रतिनिधि छानिएका छन्।
उद्घाटनका अवसरमा आज सो कमिटीले काठमाडौँमा पदयात्रा गरेको छ। भृकुटीमण्डपमा हुने अधिवेशनको उद्घाटनका लागि विभिन्न जिल्ला र जनसंगठनका कार्यकर्ताले बागबजार, घन्टाघर, पुतलीसडक, प्रदर्शनीमार्गलगायतका स्थानबाट ब्यानर र झाँकीसहित र्याली निकालेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment