भ्वाइस अफ नेपालका टीका मगरले ल्याए ‘बज्यैको बुलाकी’ (भिडियो)

डिसी नेपाल
१२ असोज २०८० ११:३९
224
Shares

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ४ मा प्रतिस्पर्धा गरेर लोकप्रियता हासिल गर्न सफल भएका टीकाबहादुर मगरले नयाँ गीत ‘बज्यैको बुलाकी’ सार्वजनिक गरेका छन्। गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन्।

मणि भट्टराईको शब्द र मोहनकुमार मगरको संगीत रहेको गीतले मायाप्रेममा परेका युवायुवतीले एकअर्कालाई गर्ने प्रशंसा प्रस्तुत गरिएको छ।ठेट नेपाली शब्द समावेश गरिएको गीतलाई संगीतकार मगरले पूर्व र पश्चिमको लयलाई संयोजन गरेर संगीत भरेका छन्। गीतलाई सुदीप सागरले एरेन्ज गरेका छन्।

विवाह समारोहका बेला युवायुवतीको रमाइलो छेडखानी प्रस्तुत गरिएको गीतको भिडियोलाई मोहनकुमार मगर स्वयंले निर्देशन गरेका छन्। भिडियोमा आशा तामाङ, गौरव मगर, हिमाल राई, शर्मिला तामाङ र नवीन किशोरले अभिनय गरेका छन् ।

मुकेश हुमागाईंले खिचेको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् । भिडियोमा केशवराज भट्टको कोरियोग्राफी र राजेन्द्र मोक्तानको रंग संयोजन छ ।

गायन रियालिटी शो भ्वाइस अफ नेपालको चौथो संस्करणमा प्रतिस्पर्धा गरेका गायक टीका मगरले त्यसपछि आफ्नो पहिलो आधिकारिक गीतको रुपमा ‘बज्यैको बुलाकी’ ल्याएका हुन् ।

विशेषगरी सुगम संगीतमा रुचि राख्ने टीकाले यसअघि एक दर्जनजति गीत सार्वजनिक गरिसकेका छन् जसलाई दर्शकले धेरै मन पराइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.