नवनियुक्त दुई मन्त्रीले लिए शपथ

डिसी नेपाल
२७ चैत २०८२ २०:४२
3.0k
Shares

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्।

राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री पदको शपथ खुवाएका हुन्।

रामजी यादवले श्रममन्त्री र गौरीकुमारी यादवले उद्योगमन्त्रीको सपथ ग्रहण गरेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले शुक्रबार उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए।

यसअघि हिजोमात्रै श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए।

गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित हुन् भने रामजी यादव सप्तरी क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *