९३ वर्षीया मिराको ठूलो मन: चौरासी पूजा र वृद्धभत्ताको रकम बाढीपीडितलाई
पर्वत।उमेरले ९३ वर्ष पुगेकी पर्वत कुश्मा नगरपालिका-२ बगैँचाकी मिरा कुमारी श्रेष्ठले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको अनुकरणीय उदाहरण प्रस्तुत गरेकी छन्।
उनले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि आफ्नो चौरासी पूजा तथा वृद्धभत्ताबाट जोगाएको ४० हजार रुपैयाँ सहयोग स्वरूप प्रदान गरेकी हुन्।
उमेर ढल्किए पनि सामाजिक सेवाप्रतिको दायित्वलाई आत्मसात् गर्दै मिरा कुमारीले विपद्को यस घडीमा पीडित परिवारलाई राहत पुगोस् भन्ने इच्छा व्यक्त गरेकी हुन्।
ज्येष्ठ नागरिकको उमेरमा पनि आफ्नो आम्दानी र बचतलाई विपद् व्यवस्थापनमा उपयोग गर्ने उनको यस परोपकारी कदमको स्थानीयस्तरमा व्यापक प्रशंसा भइरहेको छ। भोटेकोशी बाढी प्रभावितहरूका लागि राहत र पुनस्थापनाका प्रयासहरू जारी रहँदा ९३ वर्षीया श्रेष्ठको यो योगदानले समाजमा सकारात्मक र प्रेरणादायी सन्देश प्रवाह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment