हाम्रा अगाडि चुनौती छन् तर कांग्रेस सकिसक्यो भन्ने होइनः उदय समशेर

डिसी नेपाल
१३ असोज २०८० ७:३७
28
Shares

सिन्धुली। नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय समशेर राणाले कांग्रेस सम्हालिएर अगाडि बढ्ने बेला आएको बताएका छन्।

शुक्रबार सिन्धुलीमा पार्टीका नेता कार्यकर्तासँगको अन्तर्क्रियामा उनले नयाँ राजनीतिक शक्तिको उदयलाई सामान्य रुपमा लिन नहुनेमा जोड दिँदै कांग्रेस पनि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए।

उनले भने, ‘नयाँ पार्टीहरुको उदयलाई सामान्य रुपमा लिनुहुन्न। तर अब सबै सकिइसक्यो भनेर अत्तालिनुपर्दैन। सम्हालिएर हिँड्ने समय आएको छ। हाम्रो काम गर्ने तरिका बदल्नुपर्छ।’

पूर्व अर्थराज्यमन्त्री एवं कांग्रेस नेता राणाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित बनाएर संगठनलाई सक्रिय बनाउनुपर्ने बताए। उनले नेतृत्व परिवर्तनको कुरा गरेर मात्रै नहुने स्पष्ट पारे।

‘नेतृत्व परिवर्तन भनेर मात्रै हुँदैन। हामी सबै पार्टीको वडा तहदेखि नै निर्वाचित भएर आएका हौं । पार्टीभित्र गुट उपगुट हुन्छन्। आन्तरिक प्रतिस्पर्धाले नै पार्टीलाई जिवन्त बनाउने हो। तर त्यसलाई व्यवस्थित बनाउन जरुरी छ । वडादेखि केन्द्रसम्म हामी सबैले जिम्मेवारीवोध गरेर संगठनलाई चलायमान बनाउनुपर्छ,’ उनले भने। उनले कांग्रेस एकतावद्ध भए कांग्रेसलाई कसैले हराउन नसक्ने दावी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.