ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न सवै पक्ष गम्भीर हुनुपर्छ : गृहमन्त्री श्रेष्ठ
काठमाडाैं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न सरोकारवाला सवै पक्ष गम्भीर हुनुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह उद्घाटन गर्दै श्रेष्ठले ट्राफिक व्यवस्थापनको समस्या समधान गर्न एउटा निकायले मात्रै नसक्ने भन्दै चालक र अन्य पक्ष समेत जिम्मेवार हुनुपर्ने बताए।
ट्राफिक प्रहरी, महानगरपालिका, यातायात व्यवस्थापीका मिलेर एकीकृत योजना बनाएर नै अघि बढ्नुपर्ने उनको भनाइ छ।
श्रेष्ठले सार्वजनिक यातायातलाई सहज र सूलभ बनाएर निजी यातायातको प्रयोगलाई न्यूनिकरण गर्न सरकार गम्भीर रहेको दाबी गरे। सडक सुरक्षाका साथै ट्राफिक व्यवस्थापन गर्न नसके जनताको शान्ति सुरक्षामा समेत प्रश्न उठ्ने भएकाले ट्राफिक व्यवस्थापनको ठूलो महत्व रहेको उनले बताए।
त्यस्तै उहाले सडक सुरक्षालाई प्रभावकारी बनाउनका लागि सचेतना पनि उतिकै महत्वपूर्ण रहेको जिकिर गरे। गृहमन्त्री श्रेष्ठले ट्राफिक प्रहरीलाई बैज्ञानिक रुपमा ट्राफिक व्यवस्थापनबारे जानकारी गराउनुपर्ने र ट्राफिक प्रहरीका लागि यसअघि भन्दा बढी प्रोत्साहन गर्ने गरि छलफल भइरहेको जानकारी दिए।
कार्यक्रममा प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले उपत्यकाको चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनका लागि सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने बताए। उनले सडक सुरक्षा न्यूनिकरण गर्न कुनै कसर बाँकी नराखि काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
बढ्दो शहरीकरणका साथै सवारी साधनको बृद्धि भएपनि पूर्वाधारमा बिकास नभएका कारण सडक दुर्घटना बढ्दै गएको उनले बताए।
काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० आयोजना गरिएको हो।







डिसी नेपाल








Facebook Comment