कांग्रेस सभापति देउवाले बोलाए उपसभापति र महामन्त्रीको बैठक
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा पछिल्लो तीन दिनमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न उपसभापति र महामन्त्रीलाई बोलाएका छन्।
देउवाले आज दिउँसो ४ बजे निजी निवास धुम्बाराहीमा उपसभापतिद्वय धनराज गुरुङ र पूर्णबहादुर खड्का तथा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका हुन्।
छलफलका क्रममा गत शनिबार कोशी प्रदेशमा भएको विद्रोह र त्यसले निम्त्याउने सक्ने संभावित परिदृश्यका बारेमा छलफल हुने बताइएकाे छ।
कोशी प्रदेशमा शनिबार पार्टीको आधिकारीक निर्णय विरूद्ध नेता शेखर कोइराला पक्षले विद्रोह गरेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएका थिए। उनी नेकपा एमालेसँग मिलेर मुख्यमन्त्री बनेपछि पार्टीमा विवाद सुरू भएकाे थियाे। कांग्रेसले आधिकारीक रुपमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।
कांग्रेसले कोशी प्रदेशमा विकसित भएको राजनीतिक घटनाक्रमलाई अप्रत्याशित र आकस्मिक भनेको छ। कोशीमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति विपरित नेता शेखर समूहबाट केदार कार्की मुख्यमन्त्री बनेका छन्।
यसैबीच कोशीमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा र शेखर कोइरालाबीच भएको सहमति विपरित मन्त्रिपरिषद् गठन समेत भएको छ।
कोशीमा नेता शेखर कोइरालाले विद्रोह गरेर एमालेसँग समीकरण थालेपछि कांग्रेसभित्र विवाद चुलिएको छ। कोइराला पक्षको उक्त विद्रोहमा महामन्त्री विश्वप्रकाश शर्माले असहमति राख्दै आएपनि अर्कामहामन्त्री गगन थापा भने मौन छन्।
तर नेता कोइरालाले एमालेको सहयोगमा कार्कीलाई मुख्यमन्त्री बनाएपछि पार्टीभित्र विवाद बढेको छ। सोही विषयमा छलफल गर्न सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्न लागेका हुन्।







डिसी नेपाल








Facebook Comment