अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ : तोसिमा कार्की

डिसी नेपाल
१३ पुष २०८२ ११:५८
56
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले अब मुलुक नयाँ दिशामा अघि बढ्ने बताएकी छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच बृहत् एकताको सहमति भएपछि सामाजिक सञ्जालमार्फत उनले अब क्रमश पूरा देश नै घण्टीमय हुँदै जाने र देशले काँचुली फेर्ने धारणा व्यक्त गरेकी छन्।

उनले फेरि सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरुलाई घण्टीमा गोलबद्ध हुन आवहान गर्दै अब शान्त भद्र ‘निलो क्रान्ति’ मार्फत समुन्नत समृद्ध नेपाल निर्माण गर्नुपर्ने बताइन्।

उनले लेखेकिछन्, ‘अब क्रमश पुरा देश नै घण्टीमय हुँदै जानेछ। देशले काँचुली फेर्नेछ। फेरि पनि सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरुलाई घण्टीमा गोलबद्ध हुन आवहान गर्दछु। आउनुस् शान्त भद्र ‘निलो क्रान्ति’ मार्फत समुन्नत समृद्ध नेपाल निर्माण गरौं। अबको आशा रास्वपा’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *