नेकपा क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला पक्राउ

डिसी नेपाल
६ कार्तिक २०८० ९:३४
1.1k
Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफैंले चलाएको स्कोर्पियोको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय दाङले उनलाई नियन्त्रणमा लिएको हो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ति गाउँपालिका-५ को सिंगेमा शनिबार राति पौने १० बजे बाँस्तोलाले चलाएको बा९च ७१९८ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आइरहेको रा६प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २९ वर्षीय मोटरसाइकलचालक सन्तराम चौधरीको मृत्यु भएपछि चालक बास्तोलालाई नियन्त्रण राखिएको हो।

गाडीको ठक्करबाट सख्त घाइते भएका उनलाई नजिकैको स्वास्थ्य चौकी पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि गाडीचालक बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको एसपी रामबहादुर केसीले जानकारी दिए।

उनका अनुसार एसपी केसीका अनुसार काठमाडौंबाट सुर्खेत जाँदै गरेको गाडी बाँस्तोला आफैँले चलाएको र गाडीले मोटरसाईकललाई ठक्कर दिदा चालक चौधरीको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.