राप्रपा अध्यक्ष लिङ्देन अमेरिका प्रस्थान

डिसी नेपाल
९ कार्तिक २०८० १९:४५
28
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि बिहीबार साँझ प्रस्थान गरेका छन्।

अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा अमेरिकाको विभिन्न राज्यमा हुने विविध कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्। भ्रमणको क्रममा अध्यक्ष लिङ्देनद्वारा टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेश्रो राष्ट्रिय अधिवेशनको समुदघाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

राप्रपा प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार अमेरिकामा रहँदा अध्यक्ष लिङ्देनले अक्टोबर २८ का दिन मोमो महोत्सव (फेस्टिवल) मा प्रमुख आतिथ्यता ग्रहण तथन नेपालीहरूसँग भेटघाट एवम् अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। अक्टोबर २९ का दिन ड्यालसको करि लिफ वैङ्कटमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिनेशनको समुदघाटन एवं प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नेछन्।

त्यस्तै, अक्टोबर ३० का दिन साँझ उनले केन्टकीका नेपाली समुदायसंग साक्षात्कार गर्नेछन्। अक्टोबर ३१ का दिन ओहायोमा विश्व भुटानी संगठनद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी हुनेछन्।

नोभेम्बर २ मा वाशिंगटनस्थित नेपाली दूतावासको भ्रमण तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। नोभेम्बर ४ मा न्यूयोर्कमा प्रवासी नेपाली एकता समाज पानस न्यूयोर्क च्याप्टरद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख आतिथ्यता गरि नोभेम्बर ५ का दिन मेरिल्यान्ड बाल्टिमोरमा पानसद्वारा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुनेछन्।

भ्रमण टोलीमा अध्यक्ष लिङ्देनकी धर्मपत्नी सीता थापा लिङ्देन, राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य एवं प्रवास विभागका प्रमुख आनन्द अधिकारी रहेका छन्। मेरिल्याण्डको कार्यक्रम सम्पन्न गरी अध्यक्ष लिङ्देन नेतृत्वको टोली नोभेम्बर ७ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

अमेरिका प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको श्रेष्ठले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.