करदाता कार्यालय हटाउने निर्णयविरुद्ध गौरमा धर्ना

डिसी नेपाल
१३ पुष २०८२ १६:२०
36
Shares

रौतहट । रौतहटको गौरमा रहेको करदाता सेवा कार्यालय नेपाल सरकारले हटाउने निर्णय गरेपछि त्यसको विरोधमा सर्वदलीय तथा सर्वपक्षीय धर्ना कार्यक्रम सुरु भएको छ। रौतहट उद्योग वाणिज्य संघको अगुवाइमा आइतबारदेखि सुरु भएको धर्ना कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतको ऐक्यबद्धता छ।

करदाता सेवा कार्यालयको मूल गेटमा धर्नामा बसेकाहरुले सरकारलाई तत्काल यो निर्णय फिर्ता लिन र गौरमै करदाता सेवा कार्यालय यथावत् राख्न माग गरेका छन्। धर्नामा बसेका नेता बाबुलाल साहले करदाताहरू अब करसम्बन्धी सेवाका लागि आन्तरिक राजस्व कार्यालय सिमरा वा अन्यत्र धाउनुपर्ने बाध्यता हुने र यसले समय र खर्च दुवै बढ्ने बताए। सरकारको यो निर्णयले मर्कामा परेको भन्दै तत्काल फिर्ता लिन उनले आग्रह समेत गरे।

गौरबाट कार्यालय हटाउँदा करदाताहरूले सेवाका लागि अन्य जिल्ला धाउनुपर्ने र आर्थिक भार बढ्ने भन्दै स्थानीयले आपत्ति जनाएका हुन्। धर्नामा बसेका अर्का नेता रेवन्त झाले सरकारले सेवालाई विकेन्द्रीकरण गर्न खोजेको आरोप लगाए। सरकारले कार्यालय हटाउने निर्णय तत्काल फिर्ता नलिए थप सशक्त र चरणबद्ध आन्दोलन गर्ने चेतावनी रौतहट उद्योग वाणिज्य संघले दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *