कोजाग्रत पूर्णिमाका अवसरमा आज राष्ट्रपतिले भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना गर्ने
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० को अन्तिम दिन आइतबार कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गर्ने भएका छन्।
राष्ट्रपति पौडेलले राष्ट्रप्रमुखका रूपमा प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर दिउसो ४ बजे नवदुर्गाको पूजाअर्चना एवम् दर्शन गरेर प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ।







डिसी नेपाल








Facebook Comment