साम्बो खेलाडी ढाका प्रस्थान

डिसी नेपाल
१४ कार्तिक २०८० ७:२३
348
Shares

काठमाडाैं। बंगलादेशको राजधानी ढाकामा हुने दोस्रो दक्षिण एसियाली साम्बो प्रतियोगितामा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

यही अक्टोबर ३० देखि नोभेम्बर ५ सम्म हुने प्रतियोगिताको स्पोर्ट्स साम्बो ५८ केजी तौल समूहमा रविनस तामाङ र ८८ केजीभन्दा माथिको तौल समूहमा सिजेश श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्।

अफिसियलमा नेपाल साम्बो फेडेरेसनका अध्यक्ष धनञ्जय श्रेष्ठ रुसबाट सिधै ढाका जानेछन्।

टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साम्बो फेडेरेसनका कार्यबाहक अध्यक्ष पुरुषोत्तम सिम्खडा, उपाध्यक्ष बाबुराजा महर्जन, महासचिव उतम श्रेष्ठ, उपमहासचिव कृष्णबहादुर राउतलगायतले बिदाइ गरेका थिए। प्रथम दक्षिण एसियाली साम्बो प्रतियोगिता नेपालमा भएको थियो ।




प्रतिक्रिया

One thought on “साम्बो खेलाडी ढाका प्रस्थान

  1. धनन्जय श्रेष्ठ संरक्षक साउथ यसिया अध्यक्ष पुर्शोतम सिम्खडा अध्यक्ष खेलाडी को नाम श्रीजेस श्रेष्ठ हुनु पर्ने हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.