प्रमुख दलका शीर्ष नेताहरूको बैठक : गणतन्त्रको रक्षार्थ आ-आफ्नो तहबाट भूमिका खेल्ने प्रतिबद्धता
काठमाडौं। शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भएको छ ।
आज भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
उक्त छलफलमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नेताहरूले प्रतिबद्ध रहेको बताएका थिए। साथै प्राप्त उपलब्धीलाई थप सवल बनाउन आ-आफ्नो तहबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालय जनाएको छ ।













प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment