फेरि सर्‍यो कांग्रेस महासमिति बैठक

डिसी नेपाल
२१ कार्तिक २०८० २१:१५
16
Shares

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठक पुनः सारिएको छ । मंसिर २९ गतेदेखि गर्ने भनिएको महासमिति बैठक पुस १६ गतेदेखि गर्ने गरी मिति साारिएको हो ।

मंगलबार सानेपास्थित पार्टी कार्यालयामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको जानकारी दिए ।

यसअघि मंसिर १३ देखि १६ मा गर्ने निर्णय गरिएको थियो । पुनः मिति सार्दै मंसिर २९ देखि पुस २ सम्म गर्नेगरी तोकिएको थियो । जाजरकोट लगायतका जिल्लामा गएको भूकम्पका कारण देखाउँदै कांग्रेसले महासमिति बैठक पुस १६ गतेका लागि सारेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.