रवि लामिछानेले प्रधानमन्त्रीलाई दिए भूकम्प पीडितको राहतका लागि १४ बुँदे सुझाव

डिसी नेपाल
२२ कार्तिक २०८० १२:२५
76
Shares

काठमाडौं। भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन पछि रास्वपाका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव दिएका छन् ।

बुधबार बालुवाटार पुगेर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १४ बुँदे सुझाव दिँदै तत्काल राहत कार्य प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।

उनले प्रधानमन्त्रीसँगको भेटमा जाडो बढेसँगै भूकम्प पीडितहरु चिसोको समस्याले आहत भएकाले तत्काल न्यानो कपडा वितरणमा तदारुकता दिन आग्रह गरेका छन्।

भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा निस्किएका लामिछानेले जाजरकोटबाट फर्किएर प्रधानमन्त्त्रीलाई तत्काल राहत सामग्री वितरणमा अग्रसरता लिन सुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.